Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कामना सेवा विकास बैंकको १३४औं शाखा धनगढीमा

कामना सेवा विकास बैंकको १३४औं शाखा धनगढीमा

काठमाडौं, १४ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोक मा १३४औं शाखा कार्यालय स्थापना गरी आइतवारेदेखि कारोबार शुभारम्भ गरेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए ।

बैंकले यससँगै १३३ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x