एनआईबिएल समृद्धि फण्ड – १ द्वारा इकाईधनीलाई लगानी फिर्ता
काठमाडौं, १४ चैत । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको कोष प्रवद्र्धक रहेको तथा व्यवस्थापक रही एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालन रहेको एनआईबिएल एस क्यापिटल लि. ले इकाईधनीहरुको लगानी रकम यहि चैत १३ गते बाट फीर्ता गरेको छ ।
फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेकोे बैंक खातामा नै जम्मा गर्ने व्यहोरा समेत जानकारी गराएको छ । यस योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो । योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मुल्य १२.७४ रुपैयाँ कायम भएको र सो अनुसारनै फिर्ता भुतmानी गरिएको बताइएको हो ।
सचांलन अवधि ७ वर्ष रहेको यस योजनाले औषत वार्षिक १७.९९ प्रतिशत प्रतिफल प्रदान गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५ प्रतिशत नगद लाभांश पाएको बताएको छ ।