Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोवार सञ्चालन गर्ने

के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोवार सञ्चालन गर्ने

काठमाडौं, १५ चैत । गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ र अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने भएका छन ।


२०७८ साल आषाढ ०४ गते के.सी.एल. अस्ट्यूट क्यापिटल र गरिमा बैंक बिच गरिमा विकास बैंकद्वारा के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी÷स्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारीपत्र बमोजिम चैत्र ७ गतेको पत्रबाट साविकको के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड बाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम भएको बताइएको छ ।


पत्रकार सम्मेलन अगावै सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, काठमाडौँ क्यापिटल लिमिटेडका सञ्चालक तथा अन्य पदाधिकारीहरु, साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडका सञ्चालकहरु, गरिमा क्यापिटल लिमिटेडका सञ्चालक तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *