Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

`७ प्रतिशतआर्थिक वृद्धिको लक्ष्य गलत भयो’–मन्त्री शर्मा

`७ प्रतिशतआर्थिक वृद्धिको लक्ष्य गलत भयो’–मन्त्री शर्मा

काठमाडौं, १६ चैत । चालू आर्थिक बर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने अर्थमन्त्री जर्नादन शर्माले स्वीकार गरेका छन् । नेपाल आर्थिक संघले आगामी आर्थिक वर्षको बजेट तथा अर्थतन्त्रको वर्तमान अवस्थाको हलका उपायाबारे गरेको कार्यक्रममा मन्त्री शर्माले भने `हामीले ७ प्रतिशतको ग्रोथ अनुमान गरेका थियौं। तर परिस्थिति सोचेअनुसार अघि बढ्न सकेन। बेमौसमी बाढी लगायत विषयले ग्रोथमा असर गर्यो ।´

७ प्रतिशतको आर्थिक वृद्धिको अर्थतन्त्रमा भाविष्यमा आइपर्ने संकटको हेक्का नराखी लिइनु गल्ती भएको पनि उनले स्वीकार गरे । `बेमौसमी बाढी आएर कृषि बाली र पुर्वाधार डामाडोल बनाउँछ, कोभिडको लहर पटक पटक आउँछ, १० हजार कन्टेनर भाडा बढेर ३० हजार पुग्छ भन्ने के थाहा,’ यस्तो हुन्छ भन्ने सोच्नु सबैले सोचेको थियो ?’ उनले भने, ‘यो सबै नभएको भए ७ प्रतिशतमात्र हैन बढी हुन्थ्यो तर अब पुगेन । यसले शिक्षा पाइयो अब त्यस्तो शिक्षा पाएपछि कमजोरि सुधार्न पाईन्छ ।’

जवकी उनले गतमाघमा चालू आर्थिक बर्षको बजेटको मध्यावधि समिक्षा गर्दै उक्त हासिल हुने भन्दै त्यसलाई संसोधन गरेका थिएनन् ।

मन्त्री शर्माले आफ्नो अनुहार मन नपर्नेले अहिलेको अर्थतन्त्रको अवस्थासँग जोडेर आफ्नो आलोचना गर्ने गरेको आरोप समेत लगाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x