Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति गर्न सरकारलाई बाटो खुल्यो

टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति गर्न सरकारलाई बाटो खुल्यो


काठमाडौं, १७ चैत । नेपाल टेलिकमको प्रबन्ध निर्देशक ं(एमडी) नियुक्ति प्रक्रियाकोे लागि बाटो खुलेको छ । करिब तीन महिनादेखि रोकिएको प्रबन्ध निर्देशकको नियुक्ति सर्वोच्चमा परेको रिट खारेज भए संगै एमडी नियुक्त गर्न सरकारलाई बाटो खुलेको हो ।


बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र पूर्ण चुँडालको संयुक्त इजलासले रिट निवेदन खारेज गरि दिएका हुन । अब पहिलेकै नियुक्ति प्रक्रियालाई सरकारले अघि बढाउन पाउने भएको छ ।


सरकारी स्वामित्वको नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनौटका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा समिति गठन भएको थियो । यो समितिले प्रबन्ध निर्देशकका लागि आवेदन माग गर्दै मंसिर २२ गते सूचना प्रकाशित गरेको थियो ।

कुनै एउटा व्यक्तिका लागि सजिलो हुनेगरि कार्यविधि संशोधन गर्दै सरकारले योग्यता निर्धारण गरेको भन्दै छनौट प्रक्रियाविरुद्धमा अदालतमा मुद्दा परेको थियो । प्रबन्ध निर्देशकको लागि मागिएको आवेदनमा ९ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा टेलिकमै पूर्व एमडी बुद्धिप्रसाद आचार्य र अन्य कर्मचारीसहित ९ जना रहेका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x