Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १०.५२ प्रतिशत लाभांश पारित

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १०.५२ प्रतिशत लाभांश पारित

काठमाडौं, १७ चैत । एनएलजी इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७÷७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, वोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गरेको छ ।

सभाले प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरवदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरूको समुह ९ख० बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरू सालिनी राणा शाहा र डा। भरत कुमार थापालाई निर्विरोध निर्वाचित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x