Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से २३.९५ अंकले ओरालो लाग्यो

नेप्से २३.९५ अंकले ओरालो लाग्यो

काठमाडौं, १७ चैत । यस साताको पाचौं कारोबार दिन बिहिबार शेयरबजार ओरालोे लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २३.९५ अंकले घटेर २५४४.३० अंकमा पुगेको छ ।


बिहिबार २२८ कम्पनीको ३७ लाख ८७ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक ४.६० अंकले घटेर ४५७.४७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले कम हो ।


१३ समुहका कम्पनीको उपसूचक मध्ये १२ समूहको कारोबार घटेको छ । भने यस दिन व्यापार समूहको १८.०२ अंकले बढेर २४३४ अंकमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x