Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सिटिजन्स बैंक र भारतको द मेडिसिटि हस्पिटल बीच सेवा शुल्क छुटको सम्झौता

सिटिजन्स बैंक र भारतको द मेडिसिटि हस्पिटल बीच सेवा शुल्क छुटको सम्झौता

काठमाडौं, १७ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । सो अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले हस्ताक्षर गरेका हुन ।


यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने बैंकले बताएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ , लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेभएका छन् ।


बैंकले १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट तेह्र लाख पचास हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x