सुनको मूल्य ८ सय बढ्यो
काठमाडौं, १८ चैत । साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
बिहिबारको तुलनामा शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेको र चाँदीमा प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बिहिबार छापावाला सुन प्रति तोला ९८ हजार ९ सय र चाँदी प्रति तोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहिबार मूल्य बढेर सुन प्रतितोला ९९ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।