Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

व्यवसायीको आन्दोलनले पम्पहरुमा इन्धन अभाव

व्यवसायीको आन्दोलनले  पम्पहरुमा इन्धन अभाव

काठमाडौं, १९ चैत । पेट्रोलियम ढुवानी व्यवसायीले निगमको डिपोबाट इन्धन उठाउन छोडेपछि पम्पहरुमा इन्धन आयात रोकिएको छ । व्यवसायीले शुक्रबारबाट निगमको डिपोबाट इन्धन उठाउन छाडेका छन् ।

पेट्रोल र डिजेलको भाउ बढेकाे तर ढुवानीमार्फत आउने कमिसन नबढेको भन्दै पेट्रोलियम व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु आन्दोलनमा उत्रिएसंगै अभाव हुने त्रासमा पेट्रोलपम्पमा इन्धन भर्नेको लाइन बढेको छ ।

आफनो कमिसन बढाउन दबाब दिँदै ढुवानीमा नै अवरोध गर्दा उपभोक्ता मारमा परेका छन। कमिसन रकम बढाउन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त रुपमा १५ दिनको अल्टिमेटम दिएका थिए । त्यो समयमा पनि आयल निगमले माग सम्बोधन नगरेकाले आन्दोलन गर्न बाध्य भएको उनीहरु बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x