Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से ३०.८९ अंकले ओरालो लाग्यो

नेप्से ३०.८९ अंकले ओरालो लाग्यो


काठमाडौं, २० चैत । यस साताको पहिलों कारोबार दिन आइतबार शेयरबजार ओरालोे लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ अंकमा पुगेको छ ।


आइतबार २२५ कम्पनीको ३२ लाख ५३ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक ६.४४ अंकले घटेर ४६९.०३ अंकमा पुगेको छ । यो बिहिबारको तुलनामा १.३५ प्रतिशतले कम हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये १२ समूहको कारोबार घटेको छ । भने यस दिन आपसी कोष समूहको कुनै अंकमा परिर्वतन नभई स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x