Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आज २५६२ औं बुद्ध जयन्ती, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

आज २५६२ औं बुद्ध जयन्ती, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं, १७ बैशाख । बैशाख शुक्ल पूर्णिमाका दिन आज २५ सय ६२ औँ बुद्धजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । बुद्धजयन्तीका अवसरमा मुलुकभरका बुद्धबिहार, मठ तथा गुम्बाहरुमा बिहानैदेखि धार्मिक कार्यक्रम, प्रार्थनाका साथै बुद्धसम्बन्धी प्रवचनहरु भइरहेका छन् ।

विशेषगरी लुम्बिनी सहित काठमाडौंको स्वयम्भूनाथ, बौद्धनाथ स्तुपा लगायतमा श्रद्धालुको घुइँचो लागेको छ । लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र रानी मायावतीका पुत्रका रुपमा बैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका राजकुमार सिद्धार्थ गौतमले भारतको बोधगयामा लामो तपस्यापछि बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्धको नामले विश्वभार प्रख्यात भएका थिए । बुद्ध जन्मिएको, बुद्धत्व प्राप्ती गरेको दिनलाई बुद्ध जयन्तीका रुपमा मनाउने गरिन्छ । यसैबीच, बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शनहरु सबैका लागि प्रेरणादायी बनुन् भन्ने कामना गरेकी छिन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x