Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्व ८ करोड रुपैयाँ मुनाफा

राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्व ८ करोड रुपैयाँ मुनाफा

काठमाडौं, १७ बैशाख । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेश्रोे त्रैमासिकमा ३ अर्ब ८ करोड रुयैया भन्दा बढि खुद मुनाफा आर्जन गरेको छ। बैंकले सार्वजनीक गरेको वित्तिय प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकले २ अर्ब ७ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बैंकको कुल संचालन आम्दानी ७ अर्ब १ करोड रुपैंया गरेको छ। अघिल्लो आवको यस अवधिमा बैंकले ५ अर्ब ५२ करोड रुपैंया कुल संचालन आम्दानी गरेको थियो । बैंकको संचालन आम्दानीमा भएको बृद्धि, कुशल आन्तरीक व्यवस्थापन र व्यवसायिक दक्षता अभिबृद्धिबाट सो उपलब्धी हासिल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।

यस अवधिमा बैंकको निक्षेप १ खर्ब ५३ खर्ब रुपैंया, कर्जा १ खर्ब १२ अर्ब रुपैया र लगानी ३३ अर्ब ७९ करोड रुपैंया रहेको छ । बैंकको चुक्तापूंजी ८ अर्ब ५८ करोड रुपैंया भन्दा बढि रहेको छ । हाल ६९ जिल्लामा १८६ वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x