Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आयात निरुत्साहित गर्न एलसी खोल्न कडाइ

आयात निरुत्साहित गर्न एलसी खोल्न कडाइ

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने भएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंकका सीईओहरुलाई विलासिताका वस्तु आयातका लागि एलसी खोल्न बन्द गर्न भनेको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अत्यावश्यक बाहेकका वस्तु आयात रोक्ने विषयमा छलफल भएको जानकारी दिए ।
अर्थतन्त्रलाई संकटमा पर्न नदिनु सबैको जिम्मेवारी भएकाले यस विषयमा बैंकहरु पनि गम्भीर हुनुपर्ने भनिएको उनले बताए ।

बढ्दाे आयात र घट्दाे रेमिट्यान्सका कारणा पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा छ । विदेशि मुद्रा सञ्चिति निकै घटेकाे छ भने चालू खाता घाटा पनि मासिक बढ्दै गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x