११ महिनामा कुल चार लाख ५४ हजार ७० जनाले श्रम स्वीकृति लिए
काठमाडौं, २२ चैत । कोरोना महामारीले थलिएको वैदैशिक रोजगारी पछिल्लोसमय लयमा फर्कन थालेको छ । यो बर्षको बैशाखदेखि फागुनसम्म कुल चार लाख ५४ हजार ७० जनाले वैदैशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइसकेका छन् ।
विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा चार हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५ , माघमा ५४ हजार ४७० र फागुन महिनामा ५३ हजार ४५७ ले श्रम स्वीकृति लिएका छन् ।
विश्वमा कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगार क्षेत्रमा असर गरेको थियो । महामारीका कारण वैदेशिक रोजगारमा जानेको सङ्ख्यामा ठूलो गिरावट आएको थियो । तर, अहिले कोरोना सङ्क्रमण दर कम हुँदै गएपछि नेपाली कामदारको माग बढेको छ ।