नेप्से ४६.४६ अंकले ओरालो लाग्यो
काठमाडौं, २२ चैत । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालोे लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ अंकमा पुगेको छ ।
मंगलबार २२८ कम्पनीको ५८ लाख ४१ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
ठुला कम्पनिको उपसूचक ८.५४ अंकले घटेर ४५८.२२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.७९ प्रतिशतले कम हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये होटल तथा पर्यटन समूहको कारोबार १५.१२ अंकले बढेर ३०५१.०४ अंकमा पुगेको छ भने यस्तै यस दिन जीवन बिमा समूहको सबै भन्दा धेरै ४३२.२८ अंकले घटेर १३५११.२३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३.१ प्रतिशतले कम हो ।