Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बिलासिताका वस्तु आयात नगर्न प्रधानमन्त्री देउवाको आग्रह

बिलासिताका वस्तु आयात नगर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, २२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकले लिएको नीति अनुसार बिलासिताको वस्तु आयात नगर्न अनुरोध गरेका छन । चोभारमा सुख्खा बन्दरगाहको उद्घाटन गर्दै बिलासिताको वस्तु आयात नगर्न व्यवसायीसँग प्रधानमन्त्री देउवाले आग्रह गरेका हुन ।

कच्चा पदार्थ ल्याएर देशमै उद्योग खोले सरकारले सहयोग गर्ने देउवाले आशवासन दिएका छन । देउवाले सुख्खा बन्दरगाहले वस्तुको जाँचपासमा सहज बनाउने र व्यापारले प्रभावकारीसँगै लागत कम बनाउने र आयात तथा निर्यातमा टेवा पुग्ने बताएका छन ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले समुन्द्रबाट सिधै सडकमा जोडिएको बताउँदै अबदेखि व्यवसायीको लागत कम र सहज हुने बताए । देश आयातमुखी बन्दै गएकाले आगामी दिनमा कृषिजन्य वस्तु निर्यातमा जोड दिनुपर्ने समेत शर्माले बताएका हुन ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आयात तथा निर्यातमा सहज बनाउने बन्दारगाहमा अन्तराष्ट्रिय स्तरको क्वारेन्टिन र कोल्ड स्टोरको व्यवस्था गरी प्रवद्र्धन गर्नुपर्ने बताएका छन ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बन्दारगाह निर्माणले कोशेढुङ्गा सावित भएको र नेपालको पूर्वाधार कमजोर भएकाले मूल्य निकै महंगो भएको बताउँदै आयात तथा निर्यातमा यो बन्दरगाहले सहयोग पुर्याउने बताएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x