Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५ जी नेपाली बजारमा

रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५ जी नेपाली बजारमा

काठमाडौं, २३ चैत । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५न् नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले पावरफुल अपग्रेड सहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो ।


शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको बताइएको छ । लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने , “हामीले जुनै पनि नयाँँ काम गर्दा हाम्रा उपभोक्ताहरुको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौँ । त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरु सम्म सहज रुपमा पु¥याउन चाहन्छौँ ।


अहिले लन्च गरेको रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५न् ले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मुल्यमा सर्वसाधारणसम्म पुर्याउने मान्यतालाई साकार बनाएको पंडाले जानकारी दिएका छन । रेडमि नोट ११ प्रोमा स्न्याप डरागन आर ६९५ र रेडमि नोट ११ एस् मा मिडियाटेक हेलियो प्रोसेसर रहेको र विरासतलाई कायम राख्दै यी गेम चेन्जर फोनहरुले स्टनिङ क्यामराको साथ स्याभेज पर्फर्मेन्स दिने पंडाले बताएका छन । यि दुइटै फोनहरुमा ५००० एमएएचका उच्च क्षमताको ब्याट्रि राखिएको बताएका छन ।


१०८ एमपिको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्ने साथै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सकिने बताइएको छ ।


रेडमि नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमि नोट ११ प्रो ५न् ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ । यी दुइवटै फोनहरु ६जिबि+१२८ जिबि र ८ जिबि + १२८ जिबिको स्टोरजमा नेपाल भरीका अनलाइन र रिटेलमा चैत्र २७ देखि उपलब्ध हुनेछन् ।
रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५न् को मुल्य नेपाली बजारमा ‘यस प्रकार रहेको छ ।
रेडमि नोट ११ एस
जिबि+१२८ जिबि– रु २९,९९९÷–
८जिबि + १२८ – रु ३१,९९९÷–
रेडमि नोट ११ प्रो ५न्
६जिबि+१२८ जिबि– रु ३६,९९९÷–
८जिबि + १२८ जबि – रु ३९,९९९÷–

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x