यो बर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने
काठमाडौं, २४ चैत । एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
एडीबीको यो प्रक्षेपण चालू वर्षका लागि सरकारले लिएको लक्ष्यभन्दा चार प्रतिशत कम हो । सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । एडीबीको यो प्रक्षेपण गएको वर्षभन्दा सुधारिएको हो ।
एडीबीले विश्वभर कोरोना महामारीविरुद्ध चलाइएका खोप अभियानका कारण आर्थिक गतिविधिहरु विस्तारै सामान्य अवस्थातर्फ बढ्दै जाने हुँदा आर्थिक वृद्धिदर पनि विस्तारै उकालो लाग्ने प्रक्षेपण गरेको छ ।