सुनको मूल्य तोलामा ५ सयले बढ्यो
काठमाडौं, २४ चैत । साताको पाचौं दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ ।
बुधबारको तुलनामा बिहिबार सुन तोलामा ५०० सय रुपैयाँले बढेको र चाँदीमा प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन प्रति तोला ९८ हजार ५ सय र चाँदी प्रति तोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहिबार मूल्य बढेर सुन प्रतितोला ९९ हजार र चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।