Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पीपीए चाँडै खोल्छौं : ऊर्जामन्त्री भुसाल

पीपीए चाँडै खोल्छौं : ऊर्जामन्त्री भुसाल

काठमाडौं, २४ चैत्र । ऊर्जामन्त्री भुसालले विद्युत् बजारको सुनिश्चितता बढेको भन्दै रोकिएको नदी प्रवाह आयोजना (आरओआर) को ऊर्जा खरीद सम्झौता (पीपीए) खुलाउने संकेत गरेकी छिन् । ‘हाम्रो ऊर्जा मिश्रण नीतिअनुसार विद्युत् उत्पादन नहुने देखियो । तसर्थ, जलाशययुक्त आयोजनालाई छुट्ट्याएको कोटा घटाएर आरओआर आयोजनाको कोटा बढाउने गरी प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भनिन् ।

सरकारले २०८५ भित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसमा आरओआर आयोजनाको अंश ३० प्रतिशत हुने व्यवस्था छ । त्यसअनुसारको कोटा पुगेको भन्दै प्राधिकरणले झन्डै ३ वर्षदेखि पीपीए रोकेको छ । अब त्यसलाई छिट्टै खुलाउने मन्त्री भुसालले बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x