Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रि – ओपन सेसनमा ०.७० अंकले घट्यो नेप्से

प्रि – ओपन सेसनमा ०.७० अंकले घट्यो नेप्से

काठमाडौं, २४ चैत्र । प्रि – ओपन सेसनमा ०.७० अंकले नेप्से घटेको छ । जसमा ८ ओटा कम्पनीको शेयर खरीदविक्री भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीवार प्रि –ओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव ७० अंकले घटेको छ ।

प्रि – ओपन सेसनमा नेप्से परिसूचक २ हजार ४२७ दशलमव ९६ विन्दूमा रहेको छ । यस अवधिमा कारोबारमा आएका आठ ओटा कम्पनीको रू. २ लाख ७५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । प्रि – ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको भएको छ ।

उक्त कम्पनीको १ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको हो । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक २३ दशलमव ३२ अंक घटेर २ हजार ४२८ दशमलव ७५ विन्दुमा झरेको थियो । उक्त दिन कुल रू. १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ बराबरको शेयर खरीदविक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x