सिमकार्ड किनबेच गर्दा वास्तविक विवरण पेश गर्न दूरसंचारको निर्देशन
काठमाडौं, २४ चैत । नेपाल दूरसंचार प्राधिकरणले सेवा प्रदायकहरुका सिमकार्ड तथा रिमकार्डहरु खरिद बिक्री गर्दा ग्राहकको वास्तविक विवरणका आधारमा मात्रै गर्न अनुरोध गरेको छ ।
मोवाइल सेवा प्रदायकका सिमकार्डररिमकार्ड बिक्री गर्दा ग्राहकले केवाइसी फारम रितपूर्वक नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सेवा प्रदायकहरुबाट बिक्री वितरण भैरहेको पाइएको भन्दै नियम अनुसार मात्रै बिक्रीगर्न प्राधिकरणले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।
मोबाइल सेवा प्रदायकहरुले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रितपूर्वक केवाइसी फारम भर्न लगाएर विवरणहरु रुजु गरेर मात्र सिमकार्डररिमकार्ड खरिद बिक्री गर्न अनुरोध गरेको हो ।
वास्तविक विवरणका आधारमा मात्रै सिमकार्ड खरिद गर्न ग्राहकहरुलाई समेत आग्रह गरेको छ । सूचना विपरित हुने गरी सिमकार्ड रिमकार्ड खरिद बिक्री भएमा कानुनअनुसार कारबाही हुने उल्लेख गरीएको छ ।