Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

संस्थापक शेयर विक्री गर्दै यूनाइटेड इन्स्योरेन्स

संस्थापक शेयर विक्री गर्दै यूनाइटेड इन्स्योरेन्स

काठमाडौं, २४ चैत्र । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ८५ हजार ५६९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनी सनराइज बैंकको नाममा रहेको ५ हजार ८२७ कित्ता र एक्सेल डेभलपमेनट बैंकको नाममा रहेको ७९ हजार ७४२ कित्ता शेयर विक्रीको लागि बिहीवार ३५ दिने सूचना सार्वजनिक गरेको हो ।

सनराइज बैंकको प्रतिकित्ता मूल्य रू. २२५ र एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता मूल्य रू. २९८ तोकिएको छ । एक्सेल डेभलपमेन्ट बैंकको शेयर खरीद गर्दा न्यूनतम ५ हजार कित्ता शेयरको लागि निवेदन दिन सक्ने व्यवस्था छ ।

उक्त शेयर खरीदका लागि संस्थापकहरुलाई प्राथमिकता दिनुपर्ने भएकाले तोकिएको मितिभित्र कम्पनीको केन्द्रिय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई विक्री प्रक्रिया अगाडी बढाइने कम्पनीले जानकारी गराएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x