Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महालक्ष्मी बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

काठमाडौं, २४ चैत । महालक्ष्मी विकास बैंक लिमिटेड र धुम्बाराही काठमाडौंमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्स प्रा. लि.बिच सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ ।


उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेे ग्राहकहरुले सम्पूर्ण दन्त सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बैंकले बताएको छ ।


यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x