Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय भन्ने समाचार झुठो :- पृथ्वीबहादुर शाह

४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय भन्ने समाचार झुठो :- पृथ्वीबहादुर शाह


काठमाडौं, २५ चैत । काठमाडौैं स्थित एभरेष्ट लजमा पत्रकार सम्मेलन गरी पृथ्वीबहादुर शाहले अमेरिकाबाट आएको शंकास्पद रु ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय भन्ने समाचार झुठो र भ्रामक भएको बताएका छन । अर्थमन्त्रीलाई सम्बोधन गरी न्याय दिन अनुरोध गरी निवेदन दिएको तर अन्य कुनै सम्बन्ध नरहेको बताएका छन ।


विगत २ वर्ष बन्दाबन्दी हुनुपुर्व देखि विभिन्न बैंकहरुमा ट्राभल्स र रेमिटेन्सको प्रयोजनका लागि नेपाल घुम्न आउने तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत विदेशी नागरिकले आफ्नो कम्पनीमा रकम आएको बताएका छन ।


सो रकमको छानविन गर्न राष्ट्र बैंकले खाता रोक्का गरी सिआइबी र सम्पती सुद्वीकरण अनुसन्धान विभाग कहाँ पठाएको अनुसन्धान पछि कुनै कमजोरी नरहेको भनी गत माग १७ गते र चैत २० गते खाता फुकुवाका लागि राष्ट्र बैंकलाई पत्र लेखि पठाउदा पनि बैंकले खाता फुकुवा नगरेको बताएका थिए । राष्ट्र बैंकले फसाउन खोजेको बताएका थिए ।


यस्तै शाहले विगत १६ वर्ष देखि होली डे एन्ड ट्राभल्स , पे सेफ रेमिटेन्स, हार्डवयर एक्सपोर्ट तथा इम्पोर्ट, रियल स्टेट र सहकारी व्यवसाय गर्दै आएको बताएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x