Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

मुलुकको व्यापार घाटा १२ खर्ब ९० अर्ब ९६ करोड पुग्यो

मुलुकको व्यापार घाटा १२ खर्ब ९० अर्ब ९६ करोड पुग्यो

काठमाडौं, २९ चैत । वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढ्न गई अर्थतन्त्रमा दवाव सिर्जना भएको छ । चालु आर्थिक वर्षको चैत्र २५ सम्म १४ खर्ब ५० अर्ब ७१ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ ।

यस्तै, निर्यात एक खर्ब ५९ अर्ब ७६ करोड रुपैयाँ बराबर पुगेको छ । आयात र निर्यात अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा क्रमशः ३३.९ प्रतिशत र ७२.८ प्रतिशतले वृद्धि भएको छ । फलस्वरुप, व्यापार घाटा बढेर १२ खर्ब ९० अर्ब ९६ करोड पुगेको छ ।

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले व्यापार घाटामा थप चाप पैदा गरेको अर्थ मन्त्रालयको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *