Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनएमबि बैंकको ग्राहकलाई सिजीको उत्पादनमा छुट

एनएमबि बैंकको ग्राहकलाई सिजीको उत्पादनमा छुट

काठमाडौं, २९ चैत । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने जानकारी गराईएको छ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।


एनएमबि बैंकको ग्राहकले अनलाईन दराजबाट समान खरीद गर्दा १०% वा रुं. १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५% वा रु. १,५०० सम्म छुट पाउन सक्ने बताएको छ । यो योजना चैत्र २८ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।

यस्तै बैंकले फोन पे स्क्यान टु पे अफर इएनएमवी एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १०% वा रु.१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी गराइएको छ । उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो इएनएमवी एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x