Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न

टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न

काठमाडौं, २९ चैत्र । टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागि थिए ।

साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रुपमा रहनुभएको थियो । वहाँँ महिला अधिकार र महिला हिंसा विरुद्ध हुने अभियान लगायत अन्य सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागि हुँदै आउनुभएको छ । २०१३ मा क्यान्सरको सफल उपचारपछि वहाँँले आफ्नो भोगाइ र त्यसबाट प्राप्त ज्ञानलाई क्यान्सर विरुद्ध लडिरहेका अन्य बिरामीहरुलाई हौसला दिन लागि पर्नुभएको छ ।

टोस्ट मास्टर्सले हरेक वर्ष उत्कृष्ट नेतृत्व र सञ्चार क्षमताको लागि एक जनालाई “कम्युनिकेटर अवाडर्” प्रदानगर्दै आएको छ । प्रसिद्ध मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्सकि संस्थापक सुश्री सृष्टि के.सि.लाई यस वर्ष यो अवार्ड प्रदान गरिएको छ । १६ वर्षकै उमेरमा ग्लुकोमाको कारण आँखाको ज्योति गुमाए पनि उनले इन्टर्मेडियट र स्नातक तहमा गोल्डमेडल हासिल गर्न सफल भएकि थिइन् । उनको संघर्षमा आधारित बायोपिक “ब्लाइन्ड रक्स”सन् २०१८ मा विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो ।

उनले भनिन्, “यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित भएको छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्टमास्टर्सप्रति आभार प्रकट गर्दछु । साथै मैले यसै वर्षदेखि टोस्टमास्टरहुने पनि निर्णय गरेको छु ।”

उत्तर र पूर्वी भारत, नेपाल, बंगलादेश र भुटानका क्लबहरू समावेश रहेको डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डाइरेक्टर डिस्टिङ्गुइस्ड टोस्टमास्टर रञ्जित आचार्यज्युले भन्नुभयो,“यो एक ऐतिहासिक कार्यक्रम रहन गयो र उत्तर र पूर्वी भारत, नेपाल, बंगलादेश र भुटानका टोस्टमास्टरहरु एकै ठाउँँमा भेला हुने र आफ्नो पर्सनल नेटवर्क विस्तार गर्ने महत्वपूर्ण अवसर पनि थियो । यसले निश्चय नै सबै टोस्टमास्टरहरूलाई एकअर्काको अझ नजिक ल्याउन मद्दत गरेको छ। नेपाल टोस्टमास्टर्सको लागि यो गौरवको विषय हो ।टोस्टमास्टर्स इन्टरनेशनलकै सबैभन्दा ठूलो डिस्ट्रिक्टको नेतृत्व गर्न पाउँदा म गौरवान्वित महसुश गर्दछु ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x