Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभा

नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभा

काठमाडौंं, २९ चैत । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७८ को संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले एक विशेष समारोहका बीच समुद्घाटन गर्नु भएको छ ।

समुद्घाटन समारोहलाई संवोधन गर्नुृहुदै प्रभुख अतिथि सभामुख सापकोटाले मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङग्रा भएको बताउनुभयो । आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग विना सम्भव नहुने भएकाले निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरता पूर्वक लिनुुपर्नेमा सभामुखको जोड थियो ।

मुलुकको अर्थतन्त्र, रोजगारी, पूजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार निजी क्षेत्रलाई सधै उच्च प्राथमिकतामा राख्नुपर्ने बताउदै यो राष्ट्रका लागि तपाईहरुको योगदान कति महत्वपूर्ण छ भन्ने कुरालाई आफूले राम्रो वुुझेको भन्दै उहांले आफ्नो तर्फबाट निजी क्षेत्रका समस्या समाधानमा सधै सहयोग रहने विश्वास दिलाउनुु भयो ।

यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्य दिनुहुदै भन्नुभयो–हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौं, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौं, स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौं, अपमान नगरिदिनुहोस् । अध्यक्ष गोल्छाको स्वागत मन्तव्य यसैसाथ संलग्न छ । सो अवसरमा महासघमा २५ वर्ष निरन्तर सेवा गर्ने कर्मचारी वरिष्ठ विज्ञ हंसराम पाण्डे र कार्यालय सहयोगी श्रीकृष्ण श्रेष्ठलाई नगद सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भन्नुभयो– लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसंग जनसाङखिक लाभको अधिक सुविधा छ । यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष हुन । तर अव हामीले अवका केही वर्षहरुभित्र यसको भरपुर उपयोग गर्न सकेनौ भने हाम्रा लागि अझबढी कठिनाईका दिन आउने छन्, सम्माननीय सभामुखज्यूमा यो अवसरलाई सदुुपयोग गर्ने वातावरण बनाई दिन हामी निजी क्षेत्र आग्रह गर्दछौं । वरिष्ठ उपाध्यक्ष ढकालले दिनुु भएको धन्यवाद मन्तव्य यसैसाथ संलग्न छ ।

सो समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, महासंघका पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । समुदघाटन पश्चात प्रतिस्पर्धी उत्पादनमुलक उद्योग, लगानी प्रवद्र्धन, तरलताका विषयमा विषयगत छलफलहरु आयोजना गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x