Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गभर्नरको निलम्बन सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठ :- डा. कोइराला

गभर्नरको निलम्बन सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठ :- डा. कोइराला


काठमाडौं, २९ चैत । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले गभर्नरलाई निलम्बन गर्नु गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताएका छन । मंगलबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र निरन्तर ओरालो लागेको अवस्थामा गभर्नर निलम्बन हुनु सरकारको गैरजिम्मेवारीपन भएको बताएका हुन ।


कोइरालाले जुनसुकै देशमा पनि राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीको बीचमा खटपट हुने भन्दै सामान्य ४० करोडको विषयलाई लिएर गैरजिम्मवारपूर्णकार्य सरकारले गर्न नमिल्ने बताएका थिए । अर्थ मन्त्रालयले गरेको गलत काम रोक्ने काम राष्ट्र बैंकको हुन्छ । यस्तै उनले भने विदेशी सञ्चिति ६ महिनाको मात्र छ, विलासी वस्तुको आयात रोक्नु पर्ने भनेर भनिरहेको विषय हो । गभर्नरलाई किन निलम्बन गरियो ? त्यसको जवाफ सरकारले जनतालाई दिनुपर्छ ।


उनले ओम्नीकान्डमा मुछिएका सुनील पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा किन नियुक्त गरेको ? भन्दै प्रश्न गरका थिए । नेता कोइरालाले सरकारले गरेका नियुक्तिहरू पनि संविधान र समावेशीताको खिलाफमा भइरहेको तर्क राखेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x