युनियन लाइफको वैशाख २३ मा साधारणसभा हुने
काठमाडौं, ३० चैत । युनियन लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारणसभा आगामी वैशाख २३ गते गर्ने भएको छ । भैरहवामा बिहान साढे १० बजे सुरु हुनेछ । सभामा इन्स्योरेन्सको सामूहिक लगानी कोष संचालन गर्ने र त्यसकोे स्थापनार्थ प्रबन्धपत्रमा उद्येश्य अनुमोदन हुनेछ ।
यस्तै, विशेष प्रस्तावतर्फ इन्स्योरेन्स अन्य कुनै जीवन बीमा कम्पनीसँग गाभ्ने र गाभिने वा अन्य कुनै कम्पनी प्राप्ति गर्न आवश्यक भएको अवस्थामा त्यस सम्बन्धी आवश्यक कार्य गर्न सभाले संचालक समितिलाई अख्तियारी दिने बताइएको छ । इन्स्योरेन्सका अनुसार प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न पनि सभाले संचालक समितिलाई अख्तियारी दिने बताइएको छ ।
सामान्य प्रस्तावतर्फ सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६ र ७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६ र ७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित र सभाले आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि निर्धारण गर्ने बताइएको छ ।
वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि इन्स्योरेन्सले वैशाख १३ गते एक दिनका लागि सेयर दाखिला खारेज बन्द रहने जनाएको छ । जसअनुसार वैशाख १२ गतेसम्म कायम सेयरधनीहरु मात्र इन्स्योरेन्सले प्रस्ताव गरेको प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन्। ।