Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

तरलता संकटको असर : बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर घट्यो

तरलता संकटको असर : बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर घट्यो

काठमााडौं, ३० चैत । फागुन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको १२.८ प्रतिशत रहेको छ । गतवर्षको सोही अवधिमा यस्तो वृद्धि १७.४ प्रतिशत रहेको थियो ।

वार्षिक विन्दुगत आधारमा भने बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२.२ प्रतिशतले बढेको छ ।

सो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.४ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २५.२ प्रतिशतले बढेको छ । फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६७ प्रतिशत कर्जा घर जग्गाको
धितोमा र १२.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७७ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाकोअनुपात क्रमशः ६६.२ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x