साहारा विकास बैंकको हकप्रद जेठ ६ गतेबाट

काठमाडौं, १९ वैशाख । साहारा विकास बैंकले १ बराबर २.५ कित्ता अर्थात २५० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले उक्त हकप्रद शेयरको बिक्री खुल्ला जेठ ६ गतेबाट गर्ने जनाएको छ । बैंकको हकप्रद शेयरको बिक्री बन्द आषाढ ९ गते हुनेछ ।

बैैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि एनआईविएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यस बैंकले हकप्रद शेयर निष्कासन पछि चुक्ता पुँजी २५ करोड ५४ लाख पुर्याउने छ । बैंकको हाल चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ पुगेको छ । सहारा विकास बैंकलाई देवः विकास बैंकले आफुमा गाभ्ने प्रक्रियामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *