Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

औधोगिक मेलामा दश करोड भन्दा बढीको कारोबार

औधोगिक मेलामा दश करोड भन्दा बढीको कारोबार

काठमाडौं, १९ बैशाख । गतशुक्रबार देखि राजधानीमा भएको नेपाल १४ औं अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव मंगलबार सकिएको छ । महोत्सव उत्साहजन रुपमा सम्पन्न भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

चौथोे दिनसम्म नै झण्डै दश करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको महासंघले जनाएको छ । मेलामा डेढ लाख बढी अवलोकनकर्ताले अवलोकन गरेको जनाइएको छ ।

मेलामा मन्त्री, पूर्व मन्त्री, स्थानीय निकायका जनप्रतिनिधि, नेपाल सरकारका उच्च पदस्त कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको महासंघले जनाएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ गरिएको प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x