Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

उद्घाटनको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनर्निर्माणकाे काम अझैँ सकिएन

उद्घाटनको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनर्निर्माणकाे काम अझैँ सकिएन

काठमाडौं, २ वैशाख । धरहरा पुनर्निर्माणको काम अझैँ सकिएको छैन । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनर्निर्माणकाे काम अझैँ सकिएको छैन ।

यस्ले गर्दा सर्वसाधारणकाे रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन । तर, त्यही धरहरा पुनर्निर्माण नसकिएपछि अहिले म्याद थपको प्रकृया अघि बढाइएको छ । पुनर्निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनी रमन कन्ट्रक्सनले समयमा काम पूरा गर्न नसक्दा अहिले घरहरा पुनर्निर्माणको म्याद थप्न लागिएको हो । जसको समय यही चैत्र मसान्तमा रहेकाले म्याद थपको प्रकृया अघि बढेको छ ।

अहिलेसम्म धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७८ प्रतिशत काम सम्पन्न भएको रमन कन्ट्रक्सनका आयोजना प्रबन्धक सञ्जय नकर्मीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x