Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

उद्योगी साहिल अग्रवाल सुप्रवल जनसेवाश्री पदकद्वारा सम्मानित

उद्योगी साहिल अग्रवाल सुप्रवल जनसेवाश्री पदकद्वारा सम्मानित

काठमाडौं, १ बैशाख । शंकर ग्रुपका प्रबन्ध निर्देशक अग्रवाल २०७८ को संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सम्मानित भएका छन ।

‘राष्ट्र, राष्ट्रियता र समाजप्रति पूर्ण समर्पित भएर पुर्याएको विशिष्ट योगदानको कदरस्वरुप सुप्रवल जनसेवाश्री पदकद्वारा विभूषित गरिएको’ बताइएको छ ।

शंकर ग्रुपमार्फत राष्ट्र, राष्ट्रियता र समाजप्रति केही योगदान पुर्याउन सक्नु आफ्ना लागि गर्वको विषय भएको उनले बताएका छन्। । ‘आफ्नो समूहअन्तर्गत संचालित विभिन्न उद्योग–व्यवसायमार्फत राष्ट्र र उपभोक्ताको उपयोगिताका लागि गुणस्तरीय उत्पादन तथा सेवा सहज रुपमा उपलब्ध गराउन सधैं प्रयासरत रहने बताएका छन ।

हाम्रो यही उद्देश्य तथा लक्ष्यको उच्च कदर गर्दै राष्ट्रका तर्फबाट सम्मानित पनि हुन पाउनु वास्तवमै हर्षपूर्ण रहेको छ,’ विभूषित भएपछि अग्रवालले भने, ‘यो सम्मानले हामीलाई आउँदा दिनहरुमा अझ राम्रा, उपयोगी तथा गुणस्तरीय उत्पादन तथा सेवाका माध्यमबाट देश तथा उपभोक्ताका लागि थप योगदान प्रदान गर्न प्रोत्साहन मिलेको छ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *