Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नयाँ वर्षको अवसरमा एन आई सी क्यापिटलमा निःशुल्क डिम्याट र डिम्याट खाता नविकरण शुल्क छुट

नयाँ वर्षको अवसरमा एन आई सी क्यापिटलमा निःशुल्क डिम्याट र डिम्याट खाता नविकरण शुल्क छुट

काठमाडौं, १ बैशाख । नयाँ वर्ष २०७९ सालको अवसरमा एन आई सी एशिया क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने मुख्य उद्देश्यका साथ एन आई सी एशिया क्यापिटल लिमिटेड, एन आई सी एशिया क्यापिटलको शाखा कार्यालयहरु, एन आई सी एशिया अनलाईन डिम्याट सेवा र एन आई सी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट मिति २०७९ साल बैशाख १ गतेदेखि मिति २०७९ साल आषाढ मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क छुट दिने व्यवस्था मिलाइएको बताइएको छ ।

क्यापिटलले विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट” खाता अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्च कोटिको ग्राहकमूखी सेवा उपलब्ध गराई रहेको छ । नयाँ वर्ष २०७९ सालको अवसरमा उक्त “एक नेपाली, एक डिम्याट खाता” सहित पूँजी बजार साक्षरता कार्यक्रमलाई देशव्यपी रुपमा संचालन गर्न लागिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x