Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

मेगा बैंकको कामु प्रमुख कार्यकारीमा रविना श्रेष्ठ

मेगा बैंकको कामु प्रमुख कार्यकारीमा रविना श्रेष्ठ

काठमाडौं, २ बैेशाख । मेगा बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिइएको छ । उनी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेकी थिइन ।


प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेली ४ बर्षे कार्यकाल पुरा हुनु केही दिनअघि राजीनामा गरेर बाहिरिएपछि अर्को ब्यवस्था नहुञ्जेलसम्मलाई श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बताइएको छ ।


मेगा बैंक स्थापनादेखि श्रेष्ठ त्यहाँ छिन्। नबिल बैंक छाडेर उनी मेगा गएकी थिइन्। ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने रविनाले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन्। ।

उनको अध्ययन पनि कलकत्तामै भएको त्यसपछि तत्कालिन ग्रिण्डलेज बैंक ९अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक० मा आएर त्यहाँ उनले १३ बर्ष काम गरेको र त्यहाँ उनले इन्ट्री लेभलु बाट करियर सुरु गरेकी थिइन्। ।


चार्टर्ड छोडेर उनी नबिल बैंकमा आइन्। नबिलमा उनले ६ बर्ष सात महिना बिताएकी थिइन्। नबिलपछि खुल्न लागेको मेगा बैंक नेपालमा अनिल शाह ९नबिल बैंकका सिइओ०, अनुपमा खुँञ्जेलीसँगै गएकी थिइन्। यस्तै उनले मानार्थ डाक्टर उपाधि पनि पाएकी छिन्। साथै अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मान तथा पुरस्कार पनि पाएकी छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x