सुनको मूल्य एकलाख २ हजार
काठमाडौं, २ बैशाख । यस वर्षको कारोबारको पहिलो दिन साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार छापावाला सुनमा प्रतितोला १ लाख २ हजार र चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको छ । यस्तै गत बुधबारको तुलनामा सुनमा ५ सय र चाँदीमा प्रतितोला १५ रुपैयाँले बढेर कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।