Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने बुद्ध एयरको घोषणा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने बुद्ध एयरको घोषणा

काठमाडौ, २ बैशाख । निजी हवाई सेवा प्रदायक कम्पनीले बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने भएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले एटीआर ७२ जहाज मार्फत पोखराबाट दिल्ली उडान गर्ने तयारी भएको जानकारी दिए ।

पोखराबाट दैनिक २ वटा उडान गर्ने हुनेछ । उडान समय १ घण्टा ३० मिनेटको हुने छ । साथै बुद्ध एयरले पोखराबाट भारतका अन्य गन्तव्यहरुमा समेत उडानको तयारी भएको छ ।

साथै बुद्ध एयरले पोखरालाई बेस बनाएर जोमसोम, मनाङ, डोल्पा, ताल्चा, जुम्ला लगायतका पहाडी गन्तव्य समेत उडानको तयारी गरेको छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्दैगर्दा दुर्गममा विमानस्थलहरुमा समेत उडान गर्न टिवनअटर जहाज ल्याउने तयारी थालेको हो ।

बुद्धले सन् २०२२ मै ३ देखि ४ वटा जहाज थप्दै पोखराबाट सबै विमानस्थलबाट उडानको तयारी गरेको छ । बुद्धले अहिले पोखराबाट नेपालगञ्ज, सिमरा, जनकपुर, भरतपुर, भैरहवा र धनगढीमा उडान गर्दै आएको छ ।

केही समय भित्रै विराटनगर र भद्रपुरमा समेत बुद्ध एयरले उडान गर्ने भएको छ । बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x