पर्वतारोहणका लागि अहिलेसम्म ७ सय ३८ जनाले अनुमति लिए
काठमाडौं, ३ वैशाख । वसन्तयाममा पर्वतारोहणका लागि अहिलेसम्म ७ सय बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ७ सय ३८ जनाले पर्वतारोहणको अनुमति लिएका हुन् ।
विभागले विभिन्न १९ वटा हिमालका ७० देशका १५५ महिला र ५८३ जना पुरुषले अनुमति लिएका छन् । सबैभन्दा भढी अमेरिकाबाट ११७ जना रहेका छन् । नेपालबाट नौं महिला र ४६ पुरुष गरी ५५ जनाले अनुमति लिएका छन् ।
यस्तै फ्रान्सका ५०, भारतका ५५, रसियाका २५, जर्मनी १६, स्पेन २३, अस्ष्ट्रेलिया २४, अस्ट्रिया १७, क्यानडा २८ जनाले अनुमति लिएका छन्।