Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

विराटनगर र नेपालगञ्जमा टर्मिनल बनाउने योजना रोकियो

विराटनगर र नेपालगञ्जमा टर्मिनल बनाउने योजना रोकियो

काठमाडौं, ३ वैशाख । बजेट अभावमा नेपालगञ्ज र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल बनाउने योजना रोकिएको छ ।

यात्रुको चाप बढ्दै गएपनि टर्मिनल अभावमा यात्रुलाई सास्ती भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्मिनल भवन निर्माण गर्ने योजना अघि बढाएको थियो ।

क्षेत्रीय उडान गर्न मिल्नेगरी यी दुबै विमानस्थलमा पूर्वाधार निर्माण गर्ने योजना अघि बढेपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बजेट पर्याप्त नभएको भन्दै परियोजना रोक्नुपर्ने निर्देशन दिएका थिए ।

अघि बढेको खरिद प्रक्रियामा आले मन्त्री हुनेवित्तिकै चासो दिएका थिए । मन्त्रीको चासोपछि फेरि पछि स्रोतको व्यवस्थापन गर्दै आयोजना अघि बढाउने भन्दै प्राधिकरणले हालका लागि परियोजना नै स्थगति गरेको हो ।

प्राधिकरणले विराटनगर विमानस्थलमा आन्तरिक उडान हुने सबैभन्दा ठूलो टर्मिनलमा निर्माण गर्ने योजना अघि बढाएको थियो । पछिल्लो समय उडान संख्या बढ्दै गएका तराईका विमानस्थलमा आधुनिक र सुविधासम्पन्न टर्मिनल निर्माण गर्ने योजना अनुसार विराटनगरमा टर्मिनल बनाउने योजना पूर्व महानिर्देशक राजन पोखरेलले प्राथमिकता दिएका थिए ।

विराटनगर विमानस्थलमा टर्मिनल भवनका लागि डिजाइनको काम सकिएको र खरिद प्रक्रिया अघि बढेको थियो । विराटनगर विमानस्थलमा अहिलेको टर्मिनल क्षेत्रफल ८२५ वर्गमिटर छ । अब नयाँ बन्ने टर्मिनल ८ हजार ९ सय ७७ वर्गमिटरको बनाउने योजना बनाइएको थियो । ३ अर्ब १५ करोड रूपैयाँ लगानी आवश्यक हुने प्रारम्भिक अनुमान गरिएको थियो ।

त्यस्तै नेपालगञ्ज विमानस्थलमा पनि प्राधिकरणले सँगसँगै टर्मिनल भवन तथा अन्य पूर्वाधारको काम अघि बढाएको थियो। यो परियोजना पनि बजेट अभाव भन्दै स्थगति गरिएको छ ।

पूर्व महानिर्देशक राजन पोखरेल अवकाशमा जानेवित्तिकै आएका राजकुमार क्षेत्रीले यी योजनामा खासै चासो दिएनन् । छोटो समयका लागि मात्र महानिर्देशक भएका क्षेत्रीपछि आएका प्रदीप अधिकारीले पनि यसमा मन्त्रीकै निर्देशन भएकाले अघि बढाउन चाहेका छैनन् ।

मन्त्री आलेले धनगढी विमानस्थल तथा सुदूरपश्चिमका विमानस्थलमा बजेट विनियोजनलाई प्राथमिकता दिएकाले यी दुई आयोजना चेपुवामा परेको अधिकारीहरूले बताएका छन् ।

१६६ विघा क्षेत्रफलमा फैलिएको नेपालगञ्ज विमानस्थलमा ४ हजार ४३८ वर्गमिटर क्षेत्रफलमा नयाँ टर्मिनल भवन निर्माण गर्नका लागि ३ अर्ब बजेट अनुमान गरिएको थियो।

तराईका दुई ठूला विमानस्थलमा ६ अर्ब बजेट दिनुभन्दा सुदूरपश्चिमका विमानस्थलमा बजेट दिनुपर्ने भन्दै आलेको दबाबमा रोकिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x