Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेपाल व्यवस्थापन संघको अध्यक्षमा पौडेल, महासचिवमा ओझा

नेपाल व्यवस्थापन संघको अध्यक्षमा पौडेल, महासचिवमा ओझा

काठामाडौं, ४ बैशाख । नेपाल व्यवस्थापन संघको नव निर्वाचित कार्य समितिले आजबाट औपचारिक रुपमा कार्यभार सम्हालेको छ। संघका निवर्तमान सभापति किरणकुमार श्रेष्ठले संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्रप्रसाद पौड्याल र महासचिवमा मोहनराज ओझा लगायत अन्य १६ जनालाई पदभार हस्तान्तरण गरेएका छन्।


पदभार हस्तान्तरण कार्यक्रममा संघको २०औं प्रबन्ध समितिको निर्वाचन मण्डका प्रमुख गुणराज भट्टले नव निर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन । भट्टले नव निर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए ।


प्रत्येक दुइ बर्षमा नयाँ कार्य समिति चयन हुने प्रावधान रहेको संघमा सो अनुसार हालका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैंक लिमिटेका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले संघको नेतृत्वमा आएका हुन्। ।
नव निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपसभापतिमा सुरेन्द्रकुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहनराज ओझा र कोषाध्यक्षमा हेमाकुमारी अधिकारी निर्वाचित भएका छन ।


संघको कार्यकारी सदस्यहरुमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, ईन्द्रकुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्णवहादुर अधिकारी, कृष्ण प्रसाद शर्मा, मनिष झा, मनोजकुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युमन पोखरेल र सुमन शर्मा निर्वाचित भएका बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x