Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्र बैंकमा २ सञ्चालक पद खाली

राष्ट्र बैंकमा २ सञ्चालक पद खाली


काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक नै बस्न नसन्के स्थितीमा पुगेको छ । राष्ट्र बैंकमा २ जना सञ्चालक रामजी रेग्मी र श्रीराम पौडेलको ५ वर्षको कार्यकाल शनिबारदेखि सकिएको छ ।
५ वर्ष अगाडि रेग्मी र पौडेल सञ्चालकमा नियुक्त भएका थिए । ५ वर्ष कार्यकाल रहने राष्ट्र बैंकको सञ्चालक बन्न अहिले माओवादी र कांग्रेस निकट अर्थविद् तथा राष्ट्र बैंकबाट अवकास पाएका कर्मचारी लागेका छन ।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष हुने गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्दै छानबिन प्रक्रिया अगाडि बढाएको छ । राष्ट्र बैंकमा ७ जना सञ्चालक हुने व्यवस्था छ ।
राष्ट्र बैंकमा अहिले दुईजना डेपुटी गभर्नर तथा अर्थसचिव मधु मरासिनी सञ्चालक छन् । यसबाहेक घुस मागेका सुवोध कर्ण राष्ट्र बैंकका सञ्चालक हुन ।
गभर्नर अधिकारीले निलम्बनमा पर्नु अगाडि सञ्चालक कर्णलाई गभर्नर अधिकारीले कर्णलाई सञ्चालक समितिको बैठकमा बोलाउन छाडेका थिए । कर्णले व्यवसायी निर्वाण चौधरीसँग घुस मागेको सार्वजनिक भएको छ । कर्णलाई केपी शर्मा ओलीको सरकारले सञ्चालकमा नियुक्त गरेको थियो ।
सरकारलाई असयोग गरेको र अर्थतन्त्र खराब बनाएको भन्दै सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेपनि कर्णलाई भने कारवाही प्रक्रिया अगाडि बढाएको छैन । राष्ट्र बैंकको सञ्चालक समितिको बैठक ३ जना सञ्चालक भएमा बस्न नसक्ने व्यवस्था रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x