Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मास्टर सेफ सन्तोष साह सम्मानित

मास्टर सेफ सन्तोष साह सम्मानित

काठमाडौं, ४ वैशाख । नेपाल पर्यटन बोर्डले मास्टर सेफ सन्तोष साहलाई सम्मान गरेको छ । आईतबार बोर्डले साह सहित बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाईनालिस्टहरु सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरेको हो ।


बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मी सहित सदस्य तथा निर्देशकहरुले साह सम्मिलित सेफ टीमलाई सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी प्रमुख डा। रेग्मीले सन्तोष शाहले नेपाली परिकारलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए । साहले गरेको कामले नेपाली परिकारहरु विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग पुग्ने रेग्मीले अपेक्षा व्यक्त गरेका थिए ।


यस्तै साहले नेपाली खानालाई विश्व मञ्चमा पुर्याउन पाउँदा आफूलाई गर्व लागेको बताएका छन । नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवानको पनि उत्तिकै महत्व रहेको बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x