Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

सेञ्चुरी बैंकले २ अर्ब २० करोड बढिको ऋणपत्र जारी गर्दै

सेञ्चुरी बैंकले २ अर्ब २० करोड बढिको ऋणपत्र जारी गर्दै

काठमाडौं, ४ वैशाख । सेञ्चुरी कमर्सियल बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।


जसमध्ये ८ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी १३ लाख २० हजार कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।


सेन्चुरीले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको बताइएको छ । यस्तै यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले काम गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x