Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंक बन्यो दोस्रो ठूलो बैंक

राष्ट्रिय वाणिज्य बैंक बन्यो दोस्रो ठूलो बैंक

काठमाडौं, २० वैशाख । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्ये दोस्रो ठूलो बैंक बनेको छ । एनआइडीसी बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा विलय गराएसँगै राष्ट्रिय वाणिज्य बैकको चुक्ता पुँजी ९ अर्ब रुपैँया पुगेको छ । सरकारले एनआइडीसी बैंकलाई राष्ट्रिय वाणिज्य बैंकसँग मिलाउने सम्बन्धमा लामो गृहकार्य गरेको भएपनि गत वर्ष मन्त्रिपरिषद् बैठकबाट सो निर्णय भएपछि मर्जरको प्रक्रिया अघि बढेको हो । मर्जरपश्चात् बुधबारदेखि संयुक्त कारोबार शुरु भएको छ ।

चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक हो । एस डेभलपमेन्ट बैंकलाई मर्ज गराएपछि  र बोनस शेयर वितरण पछि नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड रुपैँया पुगेको छ । नेपाल इन्भेष्टमेन्टको निक्षेप १३० अर्ब र ऋण लगानी १०१ अर्ब रुपैँया रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको निक्षेप १५३ अर्ब रुपैँया र ऋण लगानी १०१ अर्ब रुपैँया रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x