Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

९ महिनामै २३२ उद्योग दर्ता

९ महिनामै २३२ उद्योग दर्ता

काठमाडौं, ६ वैशाख । चालु आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखि चैत मसान्तसम्म कुल २ खर्ब ६६ अर्बको लगानी प्रतिवद्धता गर्दै २ सय ३२ वटा उद्योग दर्ता भएको छन् ।

उद्योग विभाग महानिर्देशक रामचन्द्र तिवारीका अनुसार दर्ता भएका उद्योग मध्ये ६७ वटा ठूला खालको उद्योग, ८२ वटा मझौला खालका र ८३ वटा साना खालको उद्योग दर्ता भएका छन् । यो सख्या गत आर्थिक वर्ष २०७७÷०७८ को सोही अवधिको भन्दा दर्ता भएका उद्योगको संख्या ६३ वटाले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्म १ सय ६९ वटा उद्योग दर्ता भएको थियो । साथै गत आवको चैत मसान्तसम्ममा उद्योगमा कुल १ अर्ब ३९ अर्बको लागनी प्रतिवद्धा आएको थियो ।



विभागका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्मा दर्ता भएको मध्ये १ सय ५५ वटा विदेशी लगानी रहेका उद्योग छन्। दर्ता उद्योगले ३३ अर्ब ४२ करोडको लगानी प्रतिबद्धता गरेका छन् ।

यो संख्या पनि गत आवको भन्दा बढी हो। गत आवको सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँको लागनी प्रतिवद्धता १ सय ४२ वटा उद्योग दर्ता भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x