Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जिरी विमानस्थल पुन संचालन गर्ने पर्यटन मन्त्रीको प्रतिवद्धता

जिरी विमानस्थल पुन संचालन गर्ने पर्यटन मन्त्रीको प्रतिवद्धता

काठमाडौं, २० बैशाख । जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् । बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका हुन ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरी पुरानो बन्द अवस्थामा रहेको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउने पहल गर्ने प्रतिवद्धता जनाएका थिए । मन्त्री अधिकारीले विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न आफू तयार रहेको पनि बताए । (रासस)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x